१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

सुनिल र निसामकाे आनिङवाओ को छायांकन सम्पन्न



किरात समाचाारः सञ्चारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको परिकल्पना तथा निर्देशनमा लिम्बू भाषाको प्रेमिल गीत ‘आनिङवाओ’ को म्यूजिक भिडियो छायांकन गत शनिबार सम्पन्न भएको छ ।

नसानको शव्द तथा सेमिहाङ सिगंकको संगीतमा लोकप्रिय गायक सुनिता थेगिम र सिक्किमे गायक सञ्चमान ताम्लिङ लिम्बूको सुमधुर अवाजमा सजिएको गीतको छायाँकन सम्पन्न भएको हाे ।

मोरङको केराबारीकाे स्थलहरुमा छायांकन गरिएको भिडियोमा निसाम तुम्बापो लिम्बू, सुनिल सेर्मा(नोसाङ सुसेली) र देउकृष्ण देवान लिंखा याक्खाको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन, ड्रोन तथा सम्पादन, इश्वरी श्रेष्ठको मेकअप, अनिस लावतीको सह निर्देशन तथा निर्माण नियन्त्रक र सेसेहाङ सेर्माको ध्वनि नियन्त्रक रहेको छ ।

तीन दशक भन्दा अगाडीको प्रेम कथा प्रस्तुत गरिएको भिडियो किरात सेइङ (Kirat seing) अफिसियल युट्यूव च्यानलबाट माघ पहिलो हप्ता सम्ममा सम्पादनको काम सकेर सार्वजनिक गर्ने निर्देशक नसानले बताए ।

प्रकाशित मिति : ३ माघ २०७९, मंगलबार  ४ : ०० बजे