७ जेष्ठ २०८२, मंगलबार | Wed May 21 2025

सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा समारोह समुद्घाटन ( फोटो )



माङ्सेबुङ । सावायेहाङ किरात खिबेक्वा याक्वा सेवा तथा सावायेहाङ ताप्फेङ माङगेन्ना सेवा साथै माङवाहाङवा वितरण समारोहको समुद्घघाटन कार्यक्रम सम्पन्न भएको छ ।

बिहीवार इलामको माङसेबुङ – ५ अवस्थित किरात धर्मावलम्बीहरुको आस्थाको केन्द्र  किरात हाङसाम मुजोत्लुङ माङहिमको प्रागणमा प्रदेश १ का बिना बिभागीय  मन्त्री तिल कुमार मेन्याङबोको प्रमुख आतिथ्यमा भएको कार्यक्रमको मन्त्रीद्वारा महादिप प्रज्वलन गरि समारोहको उद्घाटन गर्नुभएको थियोे ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरुको देव उपस्थितीमा भएको कार्यक्रममा अङ्सीमाङले आशीर्वचन समेत प्रदान गर्नुभएको थियो ।

यसैगरी माघ १ गतेदेखि ७ गतेसम्म सप्ताहव्यापी रुपमा मनाउने गरी आयोजना गरिएको कार्यक्रमको माघ ६ गते मुहिङगुम अङसीमाङबाट विशेष माङआशीर्वचन हुने भएको छ । त्यस्तै मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङमा मिक्तोक (उपहार) अर्पण गर्ने साथै संस्थागत धन्यवाद–पत्र वितरण र पुस्तक/पुस्तिका विमोचन हुने कार्यक्रम समेत रहेको छ ।

प्रकृतिपूजक किरात समुदायले भूमिमा खनजोत गर्न अघि प्रकृति (पञ्चतत्व) को सेवा गरी माङवाहाङवा मागेर सबै भक्तजनहरुमा माङवाहाङवा वितरण गर्ने प्रचलन अनुसार मुहिङगुम अङसीमाङ तथा मुहिङगुम अङसीमामाङ देव उपस्थितीमा हरेक वर्ष खिबेक्वा याक्वा सेवा (उभौली पर्व) को अवसरमा माङवाहाङवा (बीउविजन) वितरण हुने गरेको छ तस्वीर : किरात इङ्से पेजबाट

प्रकाशित मिति : ५ माघ २०७९, बिहिबार  ९ : ४० बजे