भोलि नक्कलेघाटमा हुने सेवामा किरात धर्मगुरु दम्पतिको माङ सवारी हुदै

तेह्रथुम । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको तमोर नदीको नक्कले घाटमा हुने किरात सावायेहाङ ताप्फेङ माङ्हुप वादेम्मा सेवामा माङसवार हुने भएको छ ।

बिहिवार (भोलि) तेह्रथुमको आठराई गाउपालिका र पान्थरको हिलिहाङ गाउपालिकाको संगमस्थल तमोर नदीको नक्कले घाटमा हुने “विश्व शान्ति मानव एकताको लागि” किरात सावायेहाङ आप्लुङ्मेन ताप्फेङ नु माङहुप वादेम्मा सेवामा माङ सवारी हुने भएको हो ।

सो ऐतिहासिक धार्मिक सेवामा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा गुरुआमा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनहरुको हवाई मार्ग मार्फत माङ सवारी हुने किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा समिति अध्यक्ष केहेरसिं योङहाङले जानकारी दिए ।

यसैगरी सेवामा १ लाख ८ हजार १०८ येप्लिङ र १ लाख ८ हजार १०८ बात्ती बालिने समेत आयोजक समितिले जनाएको छ । सो ऐतिहासिक धार्मिक माङहुप वादेम्मा सेवामा स्वदेश विदेशबाट हजारौंको संख्यामा किरात धर्मावलम्बीहरुको उपस्थिति रहेको जनाइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार