१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

तमोर नदीको नक्कले घाटमा माङ्हुप वादेम्मा सेवा सम्पन्न



तेह्रथुम । तेह्रथुमको आठराई गाउपालिका र पान्थरको हिलिहाङ गाउपालिकाको संगमस्थल तमोर नदीको नक्कले घाटमा विश्व शान्ति मानव एकताको लागि गरिएको किरात सावायेहाङ आप्लुङगेन नु ताप्फेङ माङ्हुप वादेम्मा सेवा सम्पन्न गरिएको छ ।

बिहिवार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङसीमामाङ साबा पवित्रहाङमा लिङदेनज्युहरुको देव उपस्थितिमा “विश्व शान्ति मानव एकताको लागि” किरात सावायेहाङ याक्थुङहाङ्सा आप्लुङ्मेन ताप्फेङ नु माङहुप वादेम्मा सेवा सम्पन्न गरिएको हो ।

अङ्सीमाङ तथा अङ्सीमामाङहरुले सो ऐतिहासिक धार्मिक सेवामा १ लाख ८ हजार १०८ येप्लिङ र १ लाख ८ हजार १०८ बात्ती सहित  तमोर नदीको बिचभागमा फड्के पुल बनाईएको बिचबाट साक्मुरा वदेम्मा गर्नुभएको थियोे ।

यसैगरी पानतुम्याङहरुमा किरात चोत्लुङ मुहिङगुम अङ्सीमाङगेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , किरात धर्म तथा साहित्य उत्थान संघ अध्यक्ष डकेन्द्रसिंह थेगिम ,चन्द्रप्रसाद योङ्या,भगिहाङ नेम्बाङ लगायत रहेको रहेको थियोे । साक्मुरा सेवाको मुन्धुम वाचन यादवचन्द्र फुरुम्बोले गरेका थिए ।

सेवा स्थलमा माङ सवारी हवाई मार्ग मार्फत अङ्सीमाङ तथा अङ्सीमामाङ गुरु पुत्र नाम्बिनहाङ लिङ्देन,गुरुनिजि सचिव टंक लिङ्देन , गुरुनिजि चिकित्सक लिङ्देन , किरात चोत्लुङ मुहिङ्गुम अङ्सीमाङ्गेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , किरात सावायेहाङ याक्थुङहाङ्सा ताप्फेक आप्लुङगेन ताङ्सेप माङ्हुप वादेम्मा सेवाका अध्यक्ष शेरबहादुर लाओती ,गुरु सुरक्षा लगायत रहनु भएको थियो ।

सो ऐतिहासिक धार्मिक माङहुप वादेम्मा सेवामा सिडियो लगायत विभिन्न राजनितिक दलका नेताहरु , पालिका अध्यक्षहरु, सामाजसेवी,पत्रकारहरुको समेत उपस्थिति रहेको थियोे । यस्तै इलाम , पाँचथर, झापा, मोरङ, ताप्लेजुङ, तेर्हथुम, सुनसरी, धनकुटा, भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका,अस्ट्रेलिया , बेलायत लगायतबाट किरात धर्मावलम्बीहरुको सहभागिता जनाइएको थियोे ।

प्रकाशित मिति : १३ माघ २०७९, शुक्रबार  १२ : १५ बजे