फेदेन । पान्थरको फेदेन स्थित सुम्जीरी सुम्हालुङ आम्बेपःजमा नाम्धुङ लाधुङ सेमी सेवा सम्पन्न भएको छ ।
शुक्रबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्मा लिङ्देनहरुको देव उपस्थितीमा सावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ लाधुङसेमी सेवा सम्पन्न गरिएको हो ।
सो सेवालाई सम्पन्न गर्नको निमित्त अङ्सीमाङ तथा अङ्सीमामाङहरु हवाई मार्ग भएर फेदेनको सुम्हात्लुङमा बिहानको ७: ०० बजेतिर पुग्नु भएको थियोे ।
यसैगरी सेवामा स्वदेश विदेशबाट हजारौंको संख्यामा उपस्थिति जनाएको थियोे । यस्तै इलाम , पाँचथर, झापा, मोरङ, ताप्लेजुङ, तेर्हथुम, सुनसरी, धनकुटा, भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका,अस्ट्रेलिया , बेलायत लगायतबाट किरात धर्मावलम्बीहरुको सहभागिता जनाइएको थियोे ।