२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

लिम्बू भाषा कक्षा ११ र १२ को दोस्रो परिमार्जन र संशोधन सहित पाठ्यक्रम विमोचन



पान्थर । कक्षा ११ र १२ लिम्बू भाषा र साहित्य पाठ्यक्रम २०५९ दोस्रो परिमार्जन र संशोधन सहित अनुमोदन पाठ्यक्रम २०७९ विमोचन गरिएको  छ ।

 

गत शनिवार पान्थर फाल्गुनन्द गाउँपालिका याम्बोङस्थित सत्यहाङमा माध्यमिक विद्यालयको भवनमा फाल्गुनन्द गाउँपालिका अध्यक्ष बृजहाङ् आङ्देम्बेको प्रमुख आतिथ्यतामा विमोचन गरेको हो ।

पाठ्यक्रम २०५९ साउन १६ र १७ गते कियाचु निर्मित लिम्बू भाषा र साहित्य (प्रविणता प्रमाण तह प्रथम र दोस्रो वर्ष नमूना पाठ्यक्रम) को पाठ्यक्रम पहिलो पटक २०६८ फागुन २६ गते परिमार्जन र संशोधन गरी कक्षा ११ र १२ मा एक दशकसम्म अध्यापन भई सकेको र यहि पाठ्यक्रमलाई २०७९ भदौ १० र ११ गते पाठ्यक्रम मस्यौदा तथा परिमार्जन कार्यदल र विशेषज्ञहरुमा खडक नारायण आङदेम्बे, डिकधोज लाओती, वि.वि. थाम्सुहाङ, सर्णकुमार येक्तेन, लाल बहादुर सम्बाहाङफे, दिलबीर सेर्मा, लाल बहादुर नेम्बाङ, भीम कुरुम्बाङ, मिङ्सो साम्रा, रविन पतङ्वा, रचना लाओती, पृथीप्रसाद नेम्बाङ र वाली छथरेले मस्यौदा तयार गरेका थिए ।

मस्यौदा तथा संशोधन कार्यदल (विशेषज्ञ)बाट समय सुहाउँदो मस्यौदा भई दोस्रो पटक २०७९ पुस १९ गते संयोजक मलिसा याक्थुङवा, सदस्यद्वय शेर बहादुर लिम्बू र अमिता सुब्बा रहेको विषय समितिले अनुमोदन गरी तयार गरेको परिमार्जित तथा संशोधित दोस्रो पटक पाठ्यक्रम प्रावरुप तयार गरेको विषय विशेषज्ञ समिति संयोजक मलिसा याक्थुङ्वाले वताए ।

प्रकाशित मिति : १९ माघ २०७९, बिहिबार  १० : १० बजे