माङ्सेबुङ । मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन यही आउदो फागुन ३ गते ६६ बर्ष पूरा गरी ६७ औ बर्षमा प्रवेश गर्दै हुनुहुन्छ । सोही अवसरमा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देन ६७ औ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोह भब्यताको साथ मनाइने भएको छ ।
इलाम जिल्ला माङ्सेबुङ गाउपालिका -५ स्थित धार्मिक पर्यटकीयस्थल किरात हाङ्साम मुजोत्लुङ माङहिमको प्राङ्गणमा विगतका वर्ष झै अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको ६७ औं शुभ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नुमाङगेन्ना सेवा समारोहको आयोजना गरि मनाइने गरिएको किरात चोत्लुङ मुहिङगुम अङ्सी माङगेन्ना सेवा तथा समारोह अध्यक्ष केहेरसिं योङहाङले बताएका छन् ।
नोमाङगेना सेवा फागुन १ गते सोमबार साक्मुरा वादेम्मा र फागुन २ गते मंगलबार विश्व शान्ति तथा मानव एकताको लागि किरात हाङ्साम लुजोत्लुङ माङ्हिममा येत्नाम्धुङ लाधुङसेमी सेवा हुने आयोजकले जनाएको छ ।
यसैगरी फागुन ३ गते बिहिवार समुद्घाटन हुने समारोहमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देन ६७ औ जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ नोमाङगेन्ना सेवा समारोह समुद्घाटन तथा शुभकामना मन्तव्य र अङ्सीमाङको मुखाविन्दबाट अमृतमय आशीर्वचन साथै पवित्रहाङमा कप फूटबल प्रतियोगिताको पुरस्कार वितरण हुनेछ । यसैगरी ६७ जना माङ्सेवासाबा/माहरुबाट अङ्सीमामाङको ६७ औ जन्मोत्सवमा माङगेन्ना सेवा माङगेन्ना मुन्धुम वाचन हुनेछ । र, साँझ सांस्कृतिक कार्यक्रम हुने सांस्कृतिक विभागले जनाएको छ ।
यस्तै फागुन ४ गते अङसीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामा साबा पवित्रहाङमा लिङ्देनहरुको मुखारविन्दुबाट विशेष अमृतमय माङ आशीर्वचन प्रदान हुनेछ । त्यसैगरी वहाँहरुको हस्तबाहुलीमा माङ मिक्तोक (उपहार) तथा अभिनन्दन चढाइने, समारोह सम्पन्न गर्न सहयोग गर्ने महानुभावहरुलाई धन्यवाद पत्रद्धारा सम्मान गरिने र माङगेन्ना चामल वितरण हुने कार्यक्रम रहेको छ । जन्म
मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको जन्म इलामको माङसेबुङ गाउँपालिका वडा नं. ३ (साविक बाँझो ७ उत्तरे) मा साँबा दम्पति तत्कालीन सुब्बा बिर्खध्वोज र कौशिला साम्सुहाङको कोखबाट वि.स. २०१३ साल फागुन ३ गते जन्मनु भएको थियो ।
माङगेन्नाको सुरुवात
मुहिङगुम अङसीमामाङ सा“बा पवित्रहाङमा लिङ्देनको ४८ वर्षपछि ४९ औं शुभ जन्मोत्सवको रुपमा २०६१ सालदेखि अङसीमामाङको मावली घर (वहा जन्मेको घर) इलाम जिल्लाको साविक बाझो गा.वि.स. वडा नं.–७, हाल माङसेबुङ गाउँपालिका–३, उत्तरेबाट औपचारिक कार्यक्रमको आयोजना गरी पहिलो पटक माङगेन्ना कार्यक्रमको औपचारिक सुरुवात भएको थियो । त्यसपछि वहाँको जन्मोत्सव हरेक वर्ष फागुन ३ र ४ गते विश्व किरातीहरुको आस्थाको धरोहर माङसेबुङमा किरात धर्मावलम्बीहरुले भव्यताका साथ मनाउदै आएका छन् ।
तस्वीर : योगेश लावती