१ असार २०८१, शुक्रबार | Sat Jun 15 2024

लिम्बू भाषाको प्रेमिल गीत ‘आनिङवाओ युङने’ सार्वजनिक ( भिडियोसहित )



माङसेबुङ । कलाकार सुनिल शेर्मा र मोडल तथा नायिका निसाम तुम्बापो लिम्बूद्वारा अभिनित प्रेम कथामा प्रस्तुत गरिएको लिम्बू भाषाको प्रेमिल गीत ‘आनिङवाओ युङने’ को म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

सञ्चारकर्मी, गीतकार तथा निर्देशक आन्छुमे नसानको शव्द, परिकल्पना तथा निर्देशनमा गायक तथा संगीतकार सेमिहाङ सिगंकको संगीतमा लोकप्रिय गायीका सुनिता थेगिम र सिक्किमका लोकप्रिय गायक सञ्चमान ताम्लिङ लिम्बूको सुमधुर अवाजमा सजिएको गीत ‘आनिङवाओ युङने’ को म्यूजिक भिडियो शनिबार सार्वजनिक गरिएको हो ।

मोरङ केराबारीको सुन्दर अनि रमणिय स्थलहरुमा छायांकन गरिएको भिडियोमा नायीका तथा मोडल निसाम तुम्बापो लिम्बू, कलाकार सुनिल सेर्मा(नोसाङ सुसेली) र निर्देशक तथा कलाकार देउकृष्ण देवान लिंखा याक्खाको अभिनय रहेको छ ।

टेकेन्द्र यक्सोको संगीत संयोजन रहेको भिडियोमा सुजन श्रेष्ठको छायांकन, ड्रोन तथा सम्पादन, इश्वरी श्रेष्ठको मेकअप, अनिस लावतीको सह निर्देशन तथा निर्माण नियन्त्रण र सेसेहाङ सेर्माको ध्वनि नियन्त्रण रहेको छ ।

आधा दशक अघिनै सार्वजनिक गरिएको पुर्वि नेपाल लगायत भारतको सिक्किममा औधि रुचाईको गीतको भिडियो ‘किरात सेइङ’ अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ४ : २७ बजे