२३ कार्तिक २०८१, शुक्रबार | Fri Nov 8 2024

माङ्सेबुङका विभिन्न ६ वटा समितिलाई पद तथा गोपनीयताको सपथ ग्रहण



किरात समाचारः शनिबार माङ्सेबुङ गाउँपालिकामा पुनर्गठित समितिका पदाधिकारी र सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराई औपचारिक जिम्मेवारी दिइएको छ ।

गाउँपालिकाले कार्यपालिका बैठकबाट विभिन्न समितिहरु गठन गरेको थियो । पालिकाको चौतर्फी विकासका लागि पदाधिकारी तथा सदस्यहरुलाई पद तथा गोपनीयताको सपथ ग्रहण गराएको हो ।

सपथ ग्रहणमा गाउँपालिका स्तरीय युवा तथा खेलकुद समिति, महिला समन्वय समिति, दलित समन्वय समिति, जेष्ठ नागरिक सरोकार समन्वय तदर्थ समिति र आदिवासी जनजाति समन्वय तदर्थ समितिका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो ।

समितिका संयोजकहरुलाई गाउँपालिका अध्यक्ष हेमन्त राईले समितिका पदाधिकारी तथा सदस्यहरुलाई समितिका सपथ ग्रहण गराएका थिए ।
कार्यक्रममा उपाध्यक्ष विनोद नेम्बाङले स्वागत मन्तव्य राख्नुभएको थियो । कार्यक्रममा इभाङ गाविसका पूर्व अध्यक्ष पूर्ण बहादुर बस्नेत, दलका प्रतिनिधित्व गर्दै पृथीमान लिम्बू र मित्र खड्काले बोलेका थिए ।

कार्यक्रममा माङसेबुङ २ का वडाध्यक्ष कृष्ण बस्नेत, वडा नं. ३ का वडाध्यक्ष जनम खम्बु, वडा नं. ६ का वडाध्यक्ष प्रदिप साङपाङ, कार्यपालिका सदस्य तथा प्रवक्ता सुसन राई, कार्यपालिका सदस्य हस्त कुमारी राई लिम्बू, लेखा अधिकृत मञ्जु भट्टराई, प्रशासन अधिकृत मनिमा भट्टराई, पशु चिकित्सक मनोज ठगुन्ना, सुचना अधिकारी ओमप्रकाश खड्का लगायतको उपस्थिति रहेको थियो । कार्यक्रम शिक्षा अधिकृत बुद्धि खतिवडाले सञ्चालन गरेको थियो ।

गत २८ पुसमा बसेको गाउँकार्यपालिका बैठकले गाउँपालिका अध्यक्ष हेमन्त राईको अध्यक्षतामा आठ सदस्यीय समिति गठन गरेको हो ।

कार्यविधिमा व्यवस्था भए अनुसार गाउँपालिका अध्यक्ष राईको अध्यक्षतामा समिति गठन गरिएको गाउँपालिका प्रवक्ता सुसन राई (रुङमाहाङ) द्वारा जारी प्रेस वक्तव्यमा उल्लेख छ ।

समितिका सदस्यहरुमा गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहान, इभाङ प्रहरी चौकीका इन्चार्ज प्रदिप गिरी, लागूऔषध तथा विपद् व्यवस्थापनमा काम गर्ने व्यक्तिबाट विजेस राई, पत्रकारबाट सुमन लावती, नेपाल स्काउटबाट सुदिप राई रहेका छन् ।

सदस्य सचिवमा शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख बुद्धिप्रसाद खतिवडा रहेका प्रेस वक्तव्यमा उल्लेख छ ।

गाउँपालिकाले महिला समन्वय समिति पुर्नगठन गरेको थियो । गाउँकार्यपालिका बैठकले महिला समन्वय समिति पुर्नगठन गरेको हो ।

बैठकले राममाया सम्बाहाम्फेको अध्यक्षतामा पाँच सदस्यीय समिति पनर्गठन गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

समितिका उपाध्यक्षमा घनादेवी आचार्य, सचिवमा कल्पना वानु राई, सहसचिवमा सनिता राई र कोषाध्यक्षमा अञ्जु लिम्बु आङबुहाङ रहेका छन् ।

अन्य सदस्यहरु महिला समन्वय समिति संचालन तथा व्यवस्थापन कार्यविधिअनुसार पछि थप गर्ने निर्णय भएको प्रेस वक्तव्यमा उल्लेख छ ।
गाउँपालिका स्तरीय दलित समन्वय समिति गठन भएको थियो ।

बैठकले पूर्ण कार्की डोलीको अध्यक्षतामा सात सदस्यीय दलित समन्वय समिति गठन गरेको हो ।

समितिका उपाध्यक्षमा याम शंकर, सचिवमा सन्त विश्वकर्मा, सहसचिवमा कविता लुहागुन र कोषाध्यक्षमा करिश्मा दियाली रहेका छन् ।

सदस्यहरुमा गंगाराम बराईली र दिलबहादुर गजमेर रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।

अध्यक्ष डोली अघिल्लो कार्यकालमा माङसेबुङ गाउँपालिकाका कार्यपालिका सदस्य थिए भने सचिव विश्वकर्मा वडा नम्बर ४ का वडा सदस्य थिए ।

जनप्रतिनिधिबाट बाहिरिएका दुवैलाई गाउँपालिकाले समन्वय समितिको अध्यक्ष र सचिवको जिम्मेवारी दिएको हो ।
गाउँपालिकास्तरीय जेष्ठ नागरिक सम्मान प्रतिष्ठान तदर्थ समिति गठन भएको थियो ।

बैठकले निवर्तमान जिल्ला समन्वय समिति सदस्य पूणर्बहादुर बस्नेतको अध्यक्षतामा पाँच सदस्यीय तदर्थ समिति गठन भएको हो ।

समितिका सदस्यहरुमा हरि साङपाङ, केहरसिंह योङहाङ, किरणकुमार राई र भक्तबहादुर वान्तावा रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।

गाउँपालिकास्तरीय आदिवासी जनजाति समन्वय तदर्थ समिति गठन भएको थियो ।

बैठकले आदिवासी जनजाति समन्वय तदर्थ समितिको अध्यक्षमा हरी राई र सचिवमा राजकुमार योङहाङ रहने गरफ तदर्थ समिति गठन गरेको हो ।

गाउँपालिकाले युवा तथा खेलकुद समिति पुर्नगठन गरेको थियो ।

बैठकले माङसेबुङ खेलकुद कार्यविधि २०७५ संशोधन गरी माङसेबुङ युवा तथा खेलकुद कार्यविधि बनाउँदै समिति पुर्नगठन गरेको हो ।

बैठकले अतित योङहाङको अध्यक्षतामा १५ सदस्यीय समिति गठन गरेको प्रेस वक्तव्यमा उल्लेख छ ।

समितिका उपाध्यक्षमा कृष्ण बुढाथोकी, सचिवमा दिवस साम्बा, सहसचिवमा शरद जङहाङ राई र कोषाध्यक्षमा मञ्जु वान्तावा राई रहेका छन् ।

सदस्यहरुमा कुमार राई, प्रविण लिम्बु, गजेन्द्र योङहाङ, स्मृती राई, सेसेहाङ नेम्बाङ, लोकेन्द्र कार्की डोली, भीषण राई, सन्देश विश्वकर्मा, अविन लिम्बु र उदिप चाम्लिङ रहेको प्रेस वक्तव्यमा उल्लेख छ ।

 

प्रकाशित मिति : २१ माघ २०७९, शनिबार  ५ : ५९ बजे