किरात समाचार: माङसेबुङमा आजदेखि सुरु भएको पवित्रहाङमा कप फुटबल प्रतियोगितामा आयोजक टिम माङसेबुङ गाउँपालिकालाई हराउदै नवदीप युवा क्लब मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको छ ।
माङसेबुङ ५, मा अवस्थित आत्मानन्द रंगशालामा भएको प्रतियोगितामा आयोजक टिम माङसेबुङ गाउँपालिका इलामलाई १–० गोल अन्तरले पराजित गर्दै मिक्लाजुङ मोरङले विजयी सुरुवात गरेको हो ।
विजयी टिमकी तर्फबाट इन्जुरी समयमा जर्सी नम्बर १० की पुर्णिमा राईले १ गोल गर्दै विजयी सुरुवात गरेको छ । खेलको म्यान अफ द म्याच राई नै घोषित भइन् ।
मंगलबार रोयल स्पोर्टिङ क्लब दमक झापा र एफ.एफ.सी. दार्जिलिङ भारतबीच खेल हुनेछ । खेलमा नेपाल र भारतका १० महिला फुटबल टिमहरुले प्रतिस्पर्धा गर्ने आयोजकले जनाएकाे छ ।