किरात समाचारः माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा माउण्ट एभरेष्ट स्पोर्टङि क्लब सुनसरीले विजयी सुरुवात गरेको छ ।
इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा आज बुधबार भएको खेलमा गाइघाट फुटबल क्लब उदयपुरलाई ट्राइब्रेकरमा ४–३ गोल अन्तरले परजित गर्दै माउण्ट एभरेष्ट सुनसरीले बिजयी सुरुवात गरेको हो ।
खेलको पहिलो मिनेटमा नै सुजता घलानले गोल गर्दै उदयपुरलाई अग्रता दिलाईन् । त्यसपछि खेलको दोस्रोहाफमा इमा राईले फ्रिकिक्बाट सुन्दर गोल गर्दै सुनसरीलाई बराबरीमा फर्काइन् ।
त्यपछि खेलको निर्धारित समयमा दुबै टिमबाट गोल हुन नसक्दा खेल एक एक गोलको बराबरीमा रोकिएपछि नतिजा ट्राइब्रेकरमा धकेलिएको हो ।
ट्राइब्रेकरमा माउण्ट एभरेष्ट सुनसरीको जितमा इमा राई, झिना बिष्ट, पवित्र राई र कल्पना कार्कीले गोल गरिन् भने आशा लिम्बूको प्रहार उदयपुरका गोलकिपर झरना राईले बचाउ गरिन् ।
यस्तै गाइघाट उदयपुरका लागि भने मनिसा थापा मगर, समिक्षा मगर र मनिता तामाङले गोल गरिन् भने सुजिता घले र जेनिफोर रानामगरको प्रहारलाई सुनसरीका गोलकिपर कल्पना कार्कीले उत्कृष्ट बचाउ गरिन् ।
पवित्रहाङमा कप २०७९ अन्तरगत भोलि बिहिबार कन्काई नगर खेलकुद विकास समिति झापा र जनता सेभेन स्पोर्टिङ क्लब सुर्योदय इलामबिच खेल हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका सचिव सरिता राईले बताईन ।
प्रतियोगिताको विजेताले नगद दुई लाख एक सय सर्सठी र उपविजेताले एक लाख एक सय सर्सठी प्राप्त गर्नेछन् । प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।