माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा ताप्लेजुङ जिल्ला फुटबल संघ ताप्लेजुङ सेमिफाइनलमा प्रबेश गरेको छ ।
इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा शुक्रबार आज भएको खेलमा माउण्ड एभरेष्ट स्पोर्टीङ क्लब सुनसरीलाई २-० गोल अन्तरले हराउदै ताप्लेजुङले सेमिफाइनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हाफको नौ मिनेटमा ताप्लेजुङका खेलाडीले गोल गर्दै टिमलाई अग्रता दिलाए । यसैगरि पुन: ताप्लेजुङको खेलाडी सितल क्षेत्रीले खेलको २३ औ मिनेटमा एक गोल गर्दै ताप्लेजुङलाई जित दिलाएको हो । क्षेत्री खेलको म्यान अफ द म्याच घोषित भइन् ।
भोलि शनिबार जनता सेभेन स्पोर्टीङ क्लब सुर्योदय इलाम र धनकुटा जिल्ला फुटबल संघ, धनकुटाबीच खेल हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जनाएको छ ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।