१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख निलम्बित



काठमाडौं । त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलका प्रमुख (महाप्रबन्धक) प्रेमनाथ ठाकुरलाई सरकारले निलम्बन गरेको छ ।थाइ स्माइल एयरलाइन्सका प्रतिनिधिसँग घुस मागेको अडियो सार्वजनिक भएपछि निलम्बनमा परेको हो ।
त्रिभुवन  अन्तर्राष्ट्रिय विमानस्थलमा दुई वर्षदेखि विमानस्थल प्रमुखको रुपमा कार्यरत ठाकुरले गैरकानूनी रुपमा लाभ लिन खोजेको अडियो सार्वजनिक भएपछि अनुसन्धानका लागि पदबाट निलम्बन गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।
यस्तै ठाकुरले ‘थाई स्माइल एयरलाइन्सका प्रतिनिधिसँग गैर कानूनी रुपमा लाभ लिने उदेश्यले गरेको श्रव्य सामग्री प्राप्त भएको हुँदा सो विषयमा जाँचबुझ गर्ने सिलसिलामा निजलाई पदबाट निलम्बन गर्न मन्त्रिस्तरको निर्णय गरेको छ । जसअनुसार नेपाल  मन्त्रालयद्वारा जारी विज्ञप्तिमा  छ ।त्यस्तै मन्त्रालयले सो विषयउपर अनुसन्धान गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई निवेदनसमेत गरेको छ ।

विज्ञप्ति

प्रकाशित मिति : २८ माघ २०७९, शनिबार  ५ : २४ बजे