माङ्सेबुङ । इलामको माङसेबुङमा जारि पवित्रहाङमा कप फुटबल प्रतियोगितामा धनकुटा जिल्ला फुटबल संघ, धनकुटा सेमिफाइनलमा प्रबेश गरेको छ ।
इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा शनिबार आज भएको खेलमा जनता सेभेन स्पोर्टस क्लब सुर्यदय इलामलाई २-१ गोल अन्तरले पराजित गर्दै धनकुटा सेमिफाइनलमा प्रबेश गरेको हो ।

खेलको पहिलो हाफको सुरुवाती तीन मिनेटमा इलामका खेलाडी सिक्नोरीङ मगरले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । यसैगरि पुन: बिपक्षि टिम धनकुटाका खेलाडि सुजता चौधरिले खेलको पाचौ मिनेटमा एक गोल गर्दै खेल बराबरिमा पुर्याएको थियो ।
प्रतियोगिताको दोस्रो हाफको इन्जुरि समयमा धनकुटाका खेलाडि अन्जना थुलुङ राईले निर्णयक एक गोल गर्दै धनकुटालाई जित दिलाएको हो ।

भोलि आइतबार नवदिप युवा क्लब मिक्लाजुङ मोरङ र ताप्लेजुङ जिल्ला फुटबल संघ, ताप्लेजुङबीच सेमिफाइनल खेल हुने आत्मा पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जनाएको छ ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।









