किरात समाचारः माङसेबुङमा जारि पवित्रहाङमा कप २०७९ मा नवदीप युबा क्लब मिक्लाजुङ मोरङ फाइनल प्रबेश गरेको छ ।
आइतबार भएको खेलमा नबदीपले जिल्ला फुट्बल संघ ताप्लेजुङ्लाई २-१ गोल अन्तरले पराजित गर्दै फाइनलको यात्र तय गरेको हो ।
खेलको पहिलो हाफ बराबरीमा रोकिएको खेलको दोस्रोहाफमा भने मिक्लाजुङ मोरङ थप आक्रमक भएर उत्रियो । दोस्रो हाफको छैटौं मिनेटमा मोरङका खेलाडी पुर्णिमा राईले एक गोल गर्दै मोरङले अग्रता लिएको थियोे ।
त्यसपछि दूई मिनेट नबित्दै मोरङका लागि अबिना राईले गोल गर्दै अग्रता दोब्बर बनाईन । खेलको दोस्रो हाफको २७औं मिनेटमा ताप्लेजुङका मिना लिम्बुले गोल गर्दै खेल २–१ मा फर्काएपनि हार भने टार्न सकेन । खेलको वुमन अफ दि म्याच मोरङकि पुर्णिमा राई घोषित भईन् ।
अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेनको ६७ औं जन्मोत्सवको अवसरमा आयोजित कपमा नेपाल र भारतका १० महिला फुटबल टिमले सहभागिता जनाएको छ ।
खेलको विजेताले नगद २ लाख १ सय ६७ र उपविजेताले १ लाख १ सय ६७ प्राप्त गर्नेछन् ।