माङसेबुङ । पवित्रहाङमा कप फुटबल प्रतियोगिता २०७९ अन्तरगत सोमबार आज दोस्रो सेमिफाइनल खेल हुदैछ । धनकुटा पुटबल खेलकुद संघ धनकुटा र एम एफ सी दार्जीलिङ भारतबीच प्रतिस्पर्धा हुदैंछ ।
इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा दिउसो ३ बजे सुरु हुने प्रतियोगितामा धनकुटा र दार्जीलिङबिच हुने आयोजक आत्मा पबित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जानकारी दिए ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् ।प्रतियोगिताको फाईनल खेल फागुन ३ गते हुनेछ ।