किरात समाचारः विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेक सप्ताहव्यापि सेवाको तयारी तीब्र रूपमा गरिएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ’सेइङ’ तथा ममतामयी गुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङ्माज्यूहरुको देव उपस्थितिमा “विश्व शान्ति मानव एकताको लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवाको तयारी तीब्र रूपमा गरिएको आयोजक समितिले जनाएको छ ।
कुम्मायक गाउपालिकास्थित यासोक कुम्मायक प्रसिद्ध माङहिममा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सप्ताहव्यापि विश्व शान्ति मानव एकताका लागि किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवा आयोजना गरिएको समितिले जनाएको छ ।
फागुन ५ गतेदेखि १२ गतेसम्म हुने सेवामा किरात धर्मगुरु र गुरुआमाको देवसवार सेवा स्थलमा सावायेहाङ किरातको चोत्लुङ स्थापनाको लागि १८ फिट शिला स्थापना हुने आयोजक समितिका अध्यक्ष शेरबहादुर लाओतीले किरात समाचारलाई बताएका छन् । अध्यक्ष लाओतीका अनुसार सेवा सम्पन्न गर्नका लागि करिब ३ करोड रकम सकिने अनुमान गरेका छन् । सेवाको लागि किरात धर्मावलम्बी गैह्र धर्मावलम्बीबाट सहयोग जुटिरहेको पनि बताउनु भयो ।
यस्तै पानीको अभाव भएको यासोक आसपास क्षेत्रमा तमोर खोलाबाट पम्पीङको भर परेको सेवा स्थलमा कुम्मायक प्रसिद्ध माङहिममा सेवाभरि पानीको अभाव सृजना हुन नदिन गाउपालिकाले सक्दो सहयोग गर्ने कुम्मायक गाउपालिकाका अध्यक्ष बमप्रसाद लाओतीले बताउनु भयो । लाओतीका अनुसार सेवा स्थलमा शान्ति सुरक्षाका लागि सिसिटिभी जडान समेत गरिएको बताए ।
यसअघि आठराई गाउँपालिका र हिलिहाङ गाउपालिकाको संगमस्थल नक्कलेघाट तमोर नदिमा सावायेहाङ माङहुप वदेम्मा र फिदिम नगरपालिकाको सुमहात्लुङमा सेवा सम्पन्न भईसकेको छ ।






