
माङ्सेबुङ । इलामको माङ्सेबुङमा जारी पवित्रहाङमा कप २०७९ फुटबल प्रतियोगिताको फाइनलमा एम एफ सी दार्जिलिङ भारत पुगेको छ ।
इलामको माङसेबुङ ५, स्थित आत्मानन्द रंगशालामा सोमबार भएको खेलमा धनकुटा जिल्ला खेलकुद संघ धनकुटालाई ट्राइबेकरमा पराजित गर्दै दार्जिलिङले फाइनलको यात्रा तय गरेको हो ।
खेलको पहिलो हापमा दार्जिलिङका खेलाडी सोनिया मराकले गोल गर्दै टिमलाई अग्रता दिलाएकी थिइन् । त्यस्तै खेलको इन्जुरि समयमा धनकुटाका खेलाडीले एक गोल फर्काउदै खेल ट्राइबेकरमा धकेलिएको थियो । ट्राइबेकरमा धनकुटालाई ४–१ ले पराजित गर्दै एम एफ सी दार्जिलिङले फाइनलको यात्रा सुनिश्चित गरेको छ ।
फागुन ३ गते हुने फाइल खेलमा एम एफ सी दार्जीलिङ भारत र नवदीप युबा क्लब मिक्लाजुङ मोरङबिचको खेल बिहानको १० बजेदेखि सुरु हुने आत्मा – पवित्र हक्चात यक्चुमका अध्यक्ष मनकुमार आङबुहाङले जनाएको छ ।
किरात धर्मगुरुआमा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङदेन ६७औं जन्मोत्सव तथा मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द सेईङ नुमाङगेन्ना सेवा समारोहको अवसरमा आयोजित पवित्रहाङमा कप २०७९ को विजेताले नगद रु २ लाख १ सय ६७ रुपैयाँ र उपविजेताले १ लाख १ सय ६७ रुपैयाँ प्राप्त गर्नेछन् ।