१३ जेष्ठ २०८३, बुधबार | Thu May 28 2026

माङ्सेबुङको चतुरेमा २८ औ जनयुद्ध दिवस कार्यक्रम सम्पन्न



माङ्सेबुङ । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र माङसेबुङ गाउँ कमिटिको आयोजनामा २८ औ जनयुद्ध दिवस मनाएको छ ।

सोमबार माङ्सेबुङ ३ स्थित चतुरेमा २८ औ जनयुद्ध दिवस कार्यक्रम माओवादी केन्द्रका प्रदेश, जिल्ला, पालिका र वडास्तरीय नेता कार्यकर्ताहरुको उपस्थितीमा अन्तरक्रिया गरेर जनयुद्ध दिवस मनाएको हो ।

कार्यक्रममा माओवादी केन्द्र प्रदेश कमिटी सचिवालय सदस्य तथा इलाम जिल्ला सहइन्चार्ज राम राई, प्रदेश कमिटी सदस्य तथा इलाम जिल्ला संयोजक विजय खम्बू, प्रदेश कमिटि सदस्य एवम् माङसेबुङ इन्चार्ज जनम खम्बू, माङ्सेबुङ गाउँकमिटी उपाध्यक्ष नरबहादुर आङ्देम्बे, एकीकृत अखिल नेपाल शिक्षक संगठन प्रदेश १ सदस्य गोपाल खजुम, जिल्ला कोषाध्यक्ष लोकराज लिम्बुलगायतको उपस्थिती रहेको थियो ।

यसैगरी कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी १२ जना माओवादी केन्द्रमा प्रवेश गरेका छन् ।

माओवादी केन्द्र माङसेबुङ गाउँ कमिटि अध्यक्ष पृथिमान जबेगुको अध्यक्षतामा भएको कार्य्रकमको संचालन सचिव भूपाल लिम्बुले गरेका थिए ।

 

 

प्रकाशित मिति : २ फाल्गुन २०७९, मंगलबार  ८ : १८ बजे