९ बैशाख २०८३, बुधबार | Wed Apr 22 2026

भोलि पान्थरको कुम्मायकमा किरात धर्मगुरु दम्पतीको माङ सवारी हुने



माङ्सेबुङ । किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनहरु शुक्रबार पान्थर यासकको कुम्मायकमा सवारी हुने भएको छ ।

भोलि शुक्रबारदेखि फागुन १२ गतेसम्म पान्थर यासकको कुम्मायकमा विश्व शान्ति मानव एकताको लागि सप्ताहव्यापी आयोजना गरिएको किरात सावायेहाङ थिबोङ याक्थुहाङसा आप्लुङगेन ताप्फेक सेवाको लागि अङसीमाङ तथा अङसीमामाङको सवार हुने सावायेहाङ किरात थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवा समारोह आयोजक समितिले जनाएको हो ।

गत माघ १२ गते तमोर नदीको किनार नक्कलेघाटमा किरात सावायेहाङ आप्लुङ्मेन ताप्फेङ नु माङ्हुप वादेम्मा सेवा गरिएको थियो भने, १३ गते पान्थरको फेदेनस्थित सुम्हालुङ आम्बे पःजमा नाम्धुङ लाधुङ सेमी सेवा आयोजना गरिएको थियो ।

सेवामा इलाम, पान्थर, झापा, मोरङ, ताप्लेजुङ, तेह्रथुम, सुनसरी, धनकुटा, काठमाडौ, भक्तपुर, ललितपुर र छिमेकी मुलुक भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका, अस्ट्रेलिया, बेलायत लगायत विभिन्न मुलुकबाट सेवामा भक्तजनहरुको उपस्थिति रहने समेत जनाइएको छ ।

प्रकाशित मिति : ४ फाल्गुन २०७९, बिहिबार  ४ : ४४ बजे