किरात समाचार । पान्थर यासकको कुम्मायकस्थित सप्ताहव्यापी आयोजना गरिएको किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवाको शुभाराम्भ भएको छ ।
शुक्रबार किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्युहरुको देव उपस्थितिमा सेवाको शुभाराम्भ गर्नुभएको छ ।
यसैगरी फागुन ५- १२ गतेसम्म हुने सेवाको शुभाराम्भ गर्नका लागि अङ्सीमाङ तथा अङ्सीमामाङहरु इलामको माङ्सेबुङ ५ गुरुनिजि आश्रमबाट हवाई मार्ग मार्फत सावायेहाङ थिबोङ सेवा स्थानमा बिहानको ७:३० बजे पुग्नुभएको थियो ।
कुम्मायक गाउपालिकास्थित यासोक कुम्मायक प्रसिद्ध माङहिममा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सप्ताहव्यापि विश्व शान्ति मानव एकताका लागि अङ्सीमाङ तथा अङ्सीमामाङहरुले किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवा येत्नाम्धुङ लाधुङसेमी सेवा गर्नुभएको थियोे ।
किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनज्युहरुको हस्तबाहुलिबाट १८ फिट अग्लो सावायेहाङ किरातको चोत्लुङ स्थापना गर्नुभएको छ ।
सेवा स्थलमा माङ सवारी हवाई मार्ग मार्फत अङ्सीमाङ तथा अङ्सीमामाङ गुरु पुत्र नाम्बिनहाङ लिङ्देन,गुरुनिजि सचिव टंक लिङ्देन , गुरुनिजि चिकित्सक लिङ्देन , किरात चोत्लुङ मुहिङ्गुम अङ्सीमाङ्गेन्ना सेवा अध्यक्ष केहेरसिं योङहाङ , किरात सावायेहाङ याक्थुङहाङ्सा ताप्फेक आप्लुङगेन ताङ्सेप माङ्हुप वादेम्मा सेवाका अध्यक्ष शेरबहादुर लाओती ,गुरु सुरक्षा लगायत रहनु भएको थियो ।
यसैगरी सेवा अङ्सीमाङ तथा अङ्सीमामाङहरु आजै इलामको माङ्सेबुङ गुरुनिजि आश्रम स्थित माङ फिर्ति सवारी हुनुभएको छ । सो सेवा समापनको लागि पुनः फागुन १२ गते यासक कुम्मायकस्थित माङ सवार हुने सेवा आयोजक समितिले जनाएको छ ।
सेवामा इलाम , पाँचथर, झापा, मोरङ, ताप्लेजुङ, तेर्हथुम, सुनसरी, धनकुटा, भारतको सिक्किम, दार्जिलिङ, आसाम, हङकङ, अमेरिका,अस्ट्रेलिया , बेलायत लगायतबाट किरात धर्मावलम्बीहरुको सहभागिता जनाइएको थियोे ।







