किरात समाचार । पान्थरको कुम्मायक गाउँपालिकास्थित रहेको कुम्मायक माङहिममा किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको हस्तबाहुलिबाट किरात चोत्लुङ स्थापना गर्नुभएको छ ।
शुक्रबार यासकको कुम्मायक माङहिममा अङ्सीमाङ अङ्सीमामाङद्वारा सावायेहाङ थिबोङ ताप्फेक सेवाको शुभारम्भ गर्नु भइ सोहि स्थानमा १८ फिट अग्लो सावायेहाङ किरात चोत्लुङ स्थापना गर्नुभएको हो ।
फागुन ५ गतेदेखि १२ गतेसम्म हुने सेवाको शुभाराम्भ गर्नका लागि इलामको माङ्सेबुङ गुरुनिजि आश्रमबाट हवाई मार्ग मार्फत अङ्सीमाङ तथा अङ्सीमामाङ कुम्मायकस्थित सावायेहाङ थिबोङ ताप्फेक सेवा स्थलमा बिहानको ७:३० बजे पुग्नुभएको थियो ।
विश्व शान्ति मानव एकताका लागि आयोजना गरिएको किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन ताप्फेक सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सप्ताहव्यापी सेवा संचालन गरिने सेवा आयोजक समितिले जनाएको छ ।


