१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

कुम्मायक शक्तिपीठमा पूजा गर्न आउने किरात धर्मावलम्बीहरुको उपस्थिति बढ्दो ( फोटो )



किरात समाचार । पान्थरको कुम्मायक गाउँपालिकास्थित कुम्मायक शक्तिपिठमा फागुन ५ गतेदेखि १२ गतेसम्म संचालित  सप्ताहव्यापी सेवाको तेस्रो दिन आज आइतबार  पनि सेवा गर्न आउने भक्तजनहरुको संख्या बड्दो  रहेको छ ।

विश्व शान्ति मानव एकताका लागि आयोजना गरिएको सप्ताव्यापी किरात सावायेहाङ ताप्फेक सेवाको तेस्रो दिनमा पनि कुम्मायक शक्तिपिठमा सेवा गर्न आउने किरात धर्मावलम्बी भक्तजन र दर्शनार्थीहरुको उपस्थिति बढ्दो रहेको किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्मेन ताप्फेक सेवा आयोजक समितिले जानकारी दिए ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनले गत शुक्रबार किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङ्गेन  ताप्फेक सेवाको  दिप प्रज्वलन गरि उद्घाटन  गर्नुभएको हो ।

दैनिक बिहान दिउँसो र रातमा गरि तीन प्रहर हुने बिशेष सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सेवा संचालन भइरहेको सेवा आयोजक समितिले जनाएको छ ।

सेवामा इलाम , पाँचथर, झापा, मोरङ, ताप्लेजुङ, तेर्हथुम, सुनसरी, धनकुटा, भारतको सिक्किम, दार्जिलिङ, आसाम, भुटान, हङकङ, अमेरिका,अस्ट्रेलिया , बेलायत लगायतबाट किरात धर्मावलम्बीहरुको सहभागिता जनाइएको छ  ।

प्रकाशित मिति : ७ फाल्गुन २०७९, आइतबार  ४ : ५२ बजे