किरात समाचार । पान्थरको कुम्मायक गाउँपालीकास्थित रहेको प्रशिद्द कुम्मायक शक्तिपिठमा किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोद्वारा सोमबार सरसफाइ गरिएको छ ।
विश्व शान्ति मानव एकताका लागि आयोजना गरिएको सप्ताव्यापी किरात सावायेहाङ ताप्फेक सेवा स्थल कुम्मायक माङहिम परिसरमा नालीफूङ्वाहरुले फोहोर सरसफाइ गरिएको किरात साम्यो नालीफुङ्वा स्वयंसेवक परिचालन संयोजक आयुषविक्रम तुम्बापोले जानकारी दिएका छन् ।
दैनिक बिहान दिउँसो र रातमा गरि तीन प्रहर हुने बिशेष सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरि सेवा संचालन भइरहेको सेवा आयोजक समितिले जनाएको छ ।
किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङदेन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनद्वारा ५ गतेदेखि शुभाराम्भ गरिएको सेवा फागुन १२ गते समापन हुनेछ ।