११ श्रावण २०८१, शुक्रबार | Sat Jul 27 2024

कुम्मायकमा महागुरु फाल्गुनन्द लिङ्देनको सालिक पुनर्निर्माण गरिने



कुम्मायक । पाचथरको कुम्मायक गाउँपालिकामा रहेको कुखुरे भन्ज्याङमा राष्ट्रिय बिभूती महागुरु फाल्गुनन्द लिङ्देनको सालिक पुनर्निर्माणकार्यका लागि जयबहादुर चेम्जोङको अध्यक्षतामा ९ सदस्यीय मुर्ति ब्यावस्थापन उपभोक्ता समिति गठन भएको छ ।

नवगठित उपाध्यक्षमा गोपालप्रसाद आचार्य, कोषाध्यक्षमा शान्तिला सम्बाहाम्फे लावती र सचीवमा तारानाथ सम्बाहाम्फे रहेका छन ।

कुम्मायक १ का वडा अध्यक्ष देबेन्द्र कुमार लावतिको अध्यक्षतामा मङ्गलबार बसेको बैठकद्वारा सो समिती गठन भएको हो ।

महागुरु फाल्गुनन्दको सालिक सोही स्थानमा जिर्ण बन्दै गएको र अस्पताल बनाउने क्रममा सालिकको केही भाग समेत क्षति पुगेको कारण आर्थिक बर्ष ७९/८० को कुम्मायक गाउँपालिकाको गाउँसभाबाट सालिक निर्माणका लागि ३५ लाख रुपैयाँ पारित भएको वडा अध्यक्ष लावतिले बताए ।

प्राविधिक लागत र स्टिमेटको आधारमा बन्न लागेको आकर्षक सालिक र मनमोहक पार्क समेत निर्माण हुने निबर्तमान गाउँपालिका अध्यक्ष तथा महागुरु फाल्गुनन्द मुर्ती ब्यावस्थापन उपभोक्ता समितिका अध्यक्ष जयबहादुर चेम्जोङले बताए ।

मुर्तिको मुल्य १८ लाख पर्ने र मनमोहक पार्क निर्माणका लागि पारित सो रकमले नभ्याउने भएकोले क्रमागत रूपमा आर्थिक ब्याबस्थापन गर्दै लैजानु पर्ने समितिका अध्यक्ष चेम्जोङको भनाइ रहेको छ ।

प्रकाशित मिति : १० फाल्गुन २०७९, बुधबार  ४ : ४५ बजे