१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025

कुम्मायक गाउँपालिकाद्वारा किरात धर्मगुरु गुरुआमालाई अभिनन्दन



किरात समाचार । पाचथरको कुम्मायक गाउपालिकाले किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनलाई अभिनन्दन गरिएको छ।

शुक्रबार पूर्वको प्रशिद्द शक्तिपीठ कुम्मायकमा सप्ताहव्यापी रूपमा आयोजना गरिएको सावायेहाङ थिबोङ याक्थुङहाङ्सा ताप्फेक सेवा समापनको अवसरमा कुम्मायक गाउँपालिकाले पालिकाको जनप्रतिनिधि, कर्मचारीहरुको उपस्थितिमा पालिका अध्यक्ष बम प्रसाद लावतीको हस्तबाहुलिद्वारा अङ्सीमाङ तथा अङ्सीमामाङलाई अभिनन्दन पत्र हस्तान्तरण गरिएको हो ।

 

विश्व शान्ति तथा मानव एकताको लागि फागुन ५ गतेदेखि १२ गतेसम्म आयोजित सावायेहाङ किरात याक्थुङहाङसा ताप्फेक सेवाको अन्तिम दिन आज शुक्रबार सम्पन्न कार्यक्रमको अवसरमा कुम्मायक गाउपालिकाले स्थानीय सार्वजनिक विदा दिइएको थियोे ।

सेवामा दैनिक बिहान दिउँसो र रातमा गरि तीन प्रहर भएको बिशेष सेवामा १ करोड ५० लाख १ हजार १ सय ८ दिप प्रज्वलन गरिएको थियोे ।

प्रकाशित मिति : १२ फाल्गुन २०७९, शुक्रबार  ६ : १५ बजे