१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025

कुम्मायकमा नालीफूङ्वाद्वारा सावायेहाङ सेवा समापनपछि सरसफाई गरियो



किरात समाचार । पान्थरको कुम्मायक माङ्हिम परिसरमा किरात साम्यो नालीफूङ्वा मुजोत्लुङ पान्जुम्भोद्वारा सनिवार सरसफाइ गरिएको छ ।

विश्व शान्ति मानव एकताका लागि आयोजना गरिएको ५-१२ गतेसम्म सप्ताव्यापी किरात सावायेहाङ याक्थुङहाङ्सा ताप्फेक सेवाको समापनको भोलिपल्ट सनिवार प्रशिद्द कुम्मायक शक्तिपिठ माङ्हिम परिसरमा नालिफूङ्वाहरुले फोहोर सरसफाइ गरेका छन् ।

सरसफाइमा पान्जुम्भोका उपाध्यक्षदय योगेस लावती शंकर केरुङ ,संचिव आयु विक्रम तुम्बापो,कोषाध्यक्ष खगिन याक्खा सदस्यहरु कालुहाङ मिभक,सबिन साम्पाङ, केसर सेर्मा, तान्छो केरुङ नोगेन तुम्बापो नेम्बाङ सुनिल चेम्जोङ , कमल लिम्बू लगायत कुम्मायकका स्थानीय नालीफूङ्वाहरुको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति : १४ फाल्गुन २०७९, आइतबार  २ : ५३ बजे