४ असार २०८३, बिहिबार | Thu Jun 18 2026

माङ्सेबुङमा ‘कोशी’ प्रदेश खारेजको माग गर्दै वडा कार्यालयमा तालाबन्दी



किरात समाचार । इलामको माङसेबुङमा प्रदेश १ को नाम ‘कोशी’ खारेजीको माग गर्दै सरकारी कार्यालयमा तालाबन्दी र कालो झन्डा गाडिएको छ ।


आइतबार स्वतन्त्र नागरिक समुहको संयोजनमा सयौंको संख्यामा मोटरसाइकल र्यालिसहित उपस्थित आन्दोलनकर्मीहरुले माङसेबुङ गाउँपालिकाको वडा ५ र ३ को वडाकार्यालयमा तालाबन्दी र कालो झन्डा गाडेको छ ।


प्रदेश सभाले गत १७ फागुनमा प्रदेश १ को नाम ‘कोशी’ पारित गरेसँगै कोशि प्रदेश खारेजीको माग गर्दै स्वतन्त्र नागरिक समुहले माङसेबुङमा गरेको मोटरसाइकल र्याली, कोण सभामा केहेरसिङ योङ्हाङ, होम लिङ्देन, पुर्ण कार्की ढोली, चनहाङ सेर्मा, जुनु माखिम लगायतले प्रदेश खारेजीको चर्को विरोध गर्दै आफ्नो भनाई राखेका  थिए ।


प्रदेशको नाम पहिचानको आधारमा नामकरण गरिनुपर्ने माग गर्दै लिम्बुवान किरात संयुक्त संघर्ष समिति र पहिचान सहितको प्रदेश न १ पुन नामाकंन अभियान समितिले संयुक्त रूपमा दोस्रो चरणको आन्दोलनको कार्यक्रम सार्वजनिक गरेको छ ।

 

 

प्रकाशित मिति : २१ फाल्गुन २०७९, आइतबार  ३ : २१ बजे