पाचथर । कोशी प्रदेशको खारेजीको माग गर्दै पाचथरको याङवरक गाउँपालिकाको कार्यालयमा कालो झन्डा गाडिएको छ ।
मंगलबार लिम्बुवान किरात संयुक्त संघर्ष समितिको दोस्रो चरणको विरोध कार्यक्रम अनुसार कोशी प्रदेशको बिरोध स्वरुप र्यालीसहित पुगेको आन्दोलनकारीले याङवरक गाउँपालिकाको कार्यालयमा कालो झन्डा गाडेका छन् ।
यसैगरी कोणसभालाई संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका उपाध्यक्ष रामकुमार लिङ्देन् जिल्ला अध्यक्ष चन्द्र राज आङ्देम्बे र पोलिस्टार तावालगायतले सम्बोधन गरेका थिए ।
सो विरोध कार्यक्रममा मञ्चका जिल्ला जिल्ला कार्यसमितिका अध्यक्ष चन्द्रराज आङदेम्बे, जिल्ला सचिबालय सदस्यद्धय नरेश लक्सम, कणर् काम्बाङ, किरात याक्थुङ चुम्लुङका जिल्ला सदस्य काजिमान लिम्बू, मचिन्द्र लोवा, पालिकाअध्यक्ष पोलिस्टर तावा, दिलकुमार लक्समलगायत पहिचानवादी पक्षधरहरुको उपस्थितिमा रहेको थियो ।