किरात समाचार । राष्ट्रपति विधादेवि भण्डारीको कार्यकाल सकिन लागेकोले नयाँ राष्ट्रपतिका लागि आज मतदान हुँदैछ । यहि फागुन २८ गते राष्ट्रपति भण्डारीको कार्याकाल सकिन लागेकोले आज राष्ट्रपतिको निर्वाचन हुन लागेको हो।
बिहिवार नयाँ बानेश्वरस्थित संसद् भवनमा सङ्घीय सांसद र प्रदेश सभा सदस्यका लागि छुट्टाछुट्टै मतदान केन्द्र कायम गरिएको छ । मतदान बिहान १० देखि दिउँसो ३ बजेसम्म हुने मतदानका लागि सम्पूर्ण तयारी पूरा भएको सहायक निर्वाचन अधिकृत अमृताकुमारी शर्माले जानकारी दिइन् ।
तेस्रो कार्यकालका लागि नेपाली कांग्रेसका रामचन्द्र पौडेल र नेकपा(एमाले)का सुवासचन्द्र नेम्वाङ प्रतिस्पर्धामा छन् । यस्तै राष्ट्रपति निर्वाचनमा सङ्घीय संसद्तर्फ ३ सय ३२ र प्रदेशसभा सदस्य ५ सय ५० गरी कूल ८ सय ८२ मतदाता कायम छ ।
राष्ट्रपतिको पदावधि निर्वाचित भएको मितिले पाँच वर्ष हुने र दुई पटक राष्ट्रपति निर्वाचित भइसकेको व्यक्ति निर्वाचनमा पुनः उम्मेदवार हुन नसक्ने संविधानमा उल्लेख छ ।