३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

‘कोशी’ नाम खारेज माग गर्दै माङसेबुङ गाउँपालिकामा तालाबन्दी



किरात समाचार । ‘कोशी’ प्रदेश नाम खारेज माग गर्दै प्रदेश १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले माङ्सेबुङ गाउँपालिकाको कार्यालय र चारवटा वडा कार्यालयमा तालाबन्दी लगाएको छ । शुक्रबार आन्दोलनकारीले पालिका र वडाहरुमा कालो झन्डा गाडेर तालाबन्दी लगाएको हो ।

आन्दोलनकारीले गाउँकार्यपालिकाको कार्यालयसँगै वडा नम्बर २, ३, ४ र ६ को वडा कार्यालयमा तालाबन्दी गरेको छ । पालिका तालाबन्दी गरिसके पछि कोणसभा गरिएको थियो।कोणसभालाई स्वतन्त्र नागरिक समुहका सम्योजक आङबुहाङ अबोध अविरलले सम्बोधन गरेका थिए ।

यसैगरी वडा नम्बर ६ तालाबन्दी पश्चात चिसोपानी पन्चमी बजारमा कोणसभा सम्पन्न गरिएको थियोे । कोणसभालाई नेकपा एमाले निकट युवा नेता टेकहाङ सङमी लिम्बू र जनता समाजवादी पार्टी  माङ्सेबुङ सम्योजक किसन खजुम लगायतले कोणसभालाई सम्बोधन गरेका थिए ।

गत १७ फागुनमा प्रदेश सभाले प्रदेशको नाम कोशी नामाकरण गरेसँगै प्रदेशको नाम ‘लिम्बुवान किरात’ पुनःनामाकरण गर्न माग गर्दै विभिन्न राजनीतिक दल र सामाजिक,जातीय संघसंस्था प्रदेश नामाकरणविरुद्ध आन्दोलित भएका छन् ।

 

 

प्रकाशित मिति : २६ फाल्गुन २०७९, शुक्रबार  २ : ५१ बजे