काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवाचन्द्र नेम्वाङ संसदीय दलको उपनेता चयन भएका छन् । सोमबार एमाले पार्टी अध्यक्षसमेत रहेका संसदीय दलका नेता केपी शर्मा ओलीले नेम्वाङलाई उपनेता चयन गरेका हुन् ।
नेम्वाङ यसअघि पनि दलको उपनेता रहेका थिए । नेपाली काङ्ग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलसंग राष्ट्रपति पदमा नेम्वाङ पराजित भएलगत्तै ओलीले उपनेताको जिम्मेवारी दिएका छन् । उपनेताको जिम्मेवारीसँगै राष्ट्रपतिमा पराजित भएबापत् उपहार भनेर बाहिर भनिएको छ ।
अध्यक्ष ओलीले आइतबार संसदीय दलको प्रमुख सचेतकमा पदम गिरी र सचेतकमा महेश बर्तौलालाई मनोनित गरिसकेका छन् ।