
किरात समाचार । कोशी प्रदेश नाम खारेजको माग गर्दै चरणवद्ध आन्दोलन गर्नका लागि संगठन विस्तार अभियानलाई तीब्र रूपमा अघि बढाइएको छ ।
प्रदेश सभाले गत १७ फागुनमा प्रदेशको नाम कोशी पारित गरेसंगै प्रदेश १ पुनः नामाङकन संयुक्त संघर्ष समिति र घटक पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिले ‘कोशी’ नाम खारेजीको लागि आन्दोलनलाई सशक्त रूपमा अघि बढाउन झापाको विभिन्न गाउँपालिकाहरुमा संगठन विस्तार गरेको छ ।
भद्रपुर नगरपालिका अभियान समिति संयोजक रामकुमार बान्तवाको अध्यक्षतामा ७ सदस्यीय समिति गठन गरिएको छ । भने कचनकवल गाउँपालिका अभियान समिति संयोजक रामबहादुर योङ्हाङ र हल्दीबारी गाउँपालिका अभियान समिति संयोजक पदमबहादुर आङ्खेवाको अध्यक्षतामा ७ सदस्यीय पालिका स्तरीय समिति गठन गरिएको छ ।
त्यसैगरी शिवसताक्षी नगरपालिका अभियान समिति संयोजक बिनोद ताप्मादेनको अध्यक्षतामा ७ सदस्यीय पालिका अभियान समिति गठन गरिएको पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका अध्यक्ष डकेन्द्रसिंह थेगिमले बताए।
आदिवासी जनजाति महासंघ नगर अध्यक्ष शमशेर खंवा लिम्बूको अध्यक्षतामा बुधबार सम्पन्न बैठकले उर्लाबारी नगरपालिका स्तरीय प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समिति गठन गरिएको छ ।
त्यसैगरी पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति मोरङ जिल्ला अध्यक्ष रामभक्त कुरुम्बाङको अध्यक्षतामा बसेको बैठकले हस्तबहादुर तुम्साको नेतृत्वमा उर्लाबारी नगर अभियान समिति गठन पजि गरेको छ ।
यी दुवै कार्यक्रममा पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समितिका उपमहासचिव नन्दकुमार नेम्वाङ, अभियानका अर्थसचिव मनकुमार आङबुहाङ र अभियान केन्द्रीय सदस्य दिलु लिङ्देन लाओतीले सहजीकरण गर्नुभएको थियो ।
यहि चैत ५ गते प्रदेश नं. १ पुनः नामाङकन संयुक्त संघर्ष समितिको आयोजनामा कोशी प्रदेश नाम खारेजीको लागि विराटनगरमा विशाल जन प्रदर्शन कार्यक्रमको आयोजना गरिएको छ ।