४ फाल्गुन २०८१, आइतबार | Sun Feb 16 2025

‘कोशी’ नाम खारेजीको माग गर्दै विराटनगरमा विशाल जनप्रदर्शन [ फोटो ]



किरात समाचार ।  ‘कोशी’ प्रदेशको नाम खारेजको माग गर्दै प्रदेश राजधानी विराटनगरमा प्रदेश १ पुनःनामांकन संयुक्त संघर्ष समितिले विशाल जनप्रदर्शन गरेको छ ।

संयुक्त संघर्ष समितिले आइतबार १४ जिल्लाबाट हजारौं प्रदर्शनकारी विराटनगर उतारेर ‘कोशी’ प्रदेश नाम खारेज गरि पहिचान सहितको पुनः नामाकरणको माग गर्दै मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अगाडि विशाल प्रदर्शन गरेको हो ।

प्रदर्शननकारीहरु गणतन्त्र चोकबाट मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय तर्फ निषेधित क्षेत्रलाई तोड्दै प्रदर्शनकारीहरु मुख्यमन्त्री कार्यालय तर्फ अगाडि बढेका थिए । भीड नियन्त्रण गर्न तीन राउन्ड हवाई फायर र दर्जनौ अश्रुग्याँस  प्रहरीले प्रहार गरेको थियो ।

प्रदर्सनकारीहरुले मुख्यमन्त्री कार्यालय अगाडि मुख्यमन्त्री हिक्मत कार्कीको पुत्ला दहन गर्दै नाराबाजी गरे। प्रदर्शनको क्रममा चार जना प्रदर्शनकारी पक्राउ गरिएको थियोे । उनिहरुलाई चार बजे प्रहरीले रिहाई गरेका थिए ।

जनप्रदर्शमा संयुक्त संघर्ष समितीमा आबद्ध घटकहरु लिम्बुवान किरात संयुक्त संघर्ष समिति, नेपाल आदिवासी जनजाति महासंघमा आबद्ध आदिवासी जनजाति संगठन र, पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति लगायत  विभिन्न मोर्चाहरुको सहभागिता रहेको थियोे ।

कार्यक्रममा  पूर्व मन्त्री गोपाल किराती, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका अध्यक्ष कुमार लिङदेन, सञ्जुहाङ पालुङ्वा, आङदावा शेर्पा, किरात याक्थुङ चुम्लुङका अध्यक्ष प्रेम एक्तेन,आदिवासी जनजाति महासंघ अध्यक्ष गेल्जे लामा शेर्पा, पहिचान सहितको प्रदेश १ नामाङकन अभियान समिति अध्यक्ष डकेन्द्रसिंह थेगिम ,ज्ञानबहादुर राई, दिलराम राई लगायतले सम्बोधन गरेका थिए ।

प्रकाशित मिति : ५ चैत्र २०७९, आइतबार  ६ : ०९ बजे