२४ मंसिर २०८१, सोमबार | Mon Dec 9 2024

फुलुङगीमा सावायेहाङ आप्लुङगेन ताप्फेक सेवा सुरु [ फोटो ]



किरात समाचार । विश्व शान्ति तथा मानव एकताको लागि  किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा फुलुङगीमा सुरु भएको छ ।

इलामको माङ्सेबुङ गाउँपालिका -३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा चैत ६-१४ गतेसम्म  सप्ताहव्यापी सेवा सुरु भएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङसीमाङ लिङ्देन आत्मानन्द ‘सेइङ’ तथा मुहिङगुम अङसीमामाङ साँबा पवित्रहाङमा लिङ्देनज्यूबाट सेवाको समुद्घाटनसंगै माईखोलामा किरात सावायेहाङ याक्थुङहाङ्सा माङहुप वदेम्मा सेवा किरात धर्मावलम्बी भक्तजनहरुको सहभागितामा भएको थियो ।

सेवा यसअघि तमोर नदिको नक्कलेघाट, फेदेनको सुम्हात्लुङ गढी र यासकको कुम्मायक हुँदै इलामको माङसेबुङ गाउपालिका ३ स्थित  फुलुङगीमा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवा गरिने  आयोजक समितिले बताएका छन्  ।

सेवा समापन कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा फुलुङगीमा वितरण गरिने आयोजक समितिले जनाइएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७९, सोमबार  ३ : ०९ बजे