३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

फुलुङगीस्थित सावायेहाङ आप्लुङगेन ताप्फेक लाधुङसेमी सेवाको पहिलो दिन [ फोटो ]



किरात समाचार । किरात धर्मगुरु ज्ञानभूमि फुलुङगीस्थित  मंगलबारदेखि  किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सप्ताहव्यापी लाधुङ्सेमी सेवा सुरु गरिएको छ ।

इलामको माङ्सेबुङ गाउँपालिका -३ स्थित किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा ६-१४ गतेसम्म सप्ताहव्यापी सेवा आयोजना गरिएको हो ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साबा पवित्रहाङमा लिङ्देनको गरिमामय देव उपस्थितिमा सप्ताहव्यापी सेवाको अङसीमाङ तथा अङ्सीमामाङहरुद्वारा शुभाराम्भ गर्नुभएको छ।

सेवा यसअघि तमोर नदिको नक्कलेघाट, फेदेनको सुम्हात्लुङ गढी र यासकको कुम्मायक हुँदै इलामको माङसेबुङ गाउपालिका ३ स्थित फुलुङगीमा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिने सेवा आयोजक समितिले बताएका छन् ।

सेवा समापन कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा फुलुङगीमा वितरण गरिने जनाइएको छ ।

 तस्बिर : सुमन लाओती

प्रकाशित मिति : ८ चैत्र २०७९, बुधबार  २ : ०१ बजे