१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

आन्दोलनमा घाइते एल.भी कमान्डर लिम्बुको उपचारको क्रममा निधन



माङ्सेबुङ । ‘कोशी’ प्रदेश नाम खारेजीको माग सहित चैत ५ गते विराटनगरमा भएको विशाल जनप्रदर्शनमा सशस्त्र प्रहरीको लाठी प्रहारबाट घाइते धरान-१५ का पदम लिम्बु (लाजेहाङ) को निधन भएको छ ।

टाउकोमा गम्भीर चोट लागेका लिम्बुको बीपी प्रतिष्ठान घोपा क्याम्पमा आइसियुमा  उपचारको क्रममा शुक्रबार आज २:३० बजे निधन भएको जनाइएको छ ।

गत ५ चैतमा विराटनगरको विशाल प्रदर्शनमा निषेधित क्षेत्र आन्दोलनकारिले तोडेको थियोे । सो झडपमा प्रहरीले अश्रुग्याँस प्रहार गरेको थियो । भीडलाई नियन्त्रणमा लिन हवाई फायर गरेको प्रहरीसँग दोहोरो भिडन्तका बेला लाठी चार्जमा घाइते लिम्बुको टाउकोमा गम्भीर चोट परेको थियो ।

लिम्बु सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बुवान भोलेन्टियरका केन्द्रीय सह-कमाण्डर समेत हुन । त्यसैगरी मञ्च संयुक्त संघर्ष समितिमा आवद्ध  प्रदेश १ पुनः नामकरण संयुक्त सङ्घर्ष समितिको राजनीतिक मोर्चाको एक घटक रूपमा रहेको छ ।

 

प्रकाशित मिति : १० चैत्र २०७९, शुक्रबार  ४ : ३३ बजे