६ कार्तिक २०८१, मंगलबार | Wed Oct 23 2024

किरात सावायेहाङ आप्लुङगेन ताप्फेक सेवा समापन कार्यक्रमको सम्पूर्ण तयारी पूरा



किरात समाचार । इलामको माङ्सेबुङ ३ फुलुङगीस्थित विश्व शान्ति तथा मानव एकताको लागि आयोजित सप्ताहव्यापी किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा भोलि आइतबार हुने समापन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ ज्ञानभूमि फुलुङगीमा गत सोमबार माङहुप वादेम्मा गरी मंगलबार (फागुन ७ गते) देखि नियमित सेवा सुचारु गरिएको सप्ताहव्यापी नाम्धुङ लाधुङ्सेमी सेवाको आइतबार हुने समापन कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजक समितिले बताएको छ ।

किरात सावायेहाङ थिबोङ याक्थुङहाङसा आप्लुङगेन ताप्फेक सेवा समितिको आयोजनामा सञ्चालित सेवा विशेष कारण दुई दिन अगावै सम्पन्न गर्न लागिएका आयोजकले जनाएको छ ।

सप्ताहव्यापी रुपमा आयोजना गरिएको  सेवा चैत १४ गते समापन हुने कार्य तालिका थियो । तर, सो सेवा १२ गते आइतबारनै समापन हुने भएको छ ।

किरात धर्मगुरु मुहिङगुम अङ्सीमाङ लिङ्देन आत्मानन्द सेइङ तथा मुहिङगुम अङ्सीमामाङ साँबा पवित्रहाङमा लिङ्देनको गरिमामय समुपस्थितिमा आइतबार हुने सेवा समापन कार्यक्रममा सेवामा सहयोगदाताहरुलाई सम्मान गरिने र अङसीमाङ तथा अङसीमामाङको हस्तबाहुलीबाट माङवाहाङवा समेत वितरण गरिने जनाइएको छ ।

यस अघि माघ १२ गते  नक्कलेघाटमा माङहुप वादेम्मा गरिएको थियो। त्यसैगरी माघ १३ गते पान्थर फेदेनको सुम्हात्लुङ गढी येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो । भने, फागुन ५ गतेदेखि १३ गतेसम्म पान्थर यासकको कुम्मायक कुसायकमा येत नाम्धुङ लाधुङ सेमी सेवा गरिएको थियो ।

 

यसरी सावायेहाङको सामुहिक सेवा गर्ने शिलशिलामा इलामको माङसेबुङ गाउँपालिका ३ स्थित फुलुङगीमा १ लाख ८ हजार १ सय ८ येप्लीङसहित १ सय ८ नदिको पानीले सिञ्चित गरी सेवाको समापन गरिने सेवा आयोजक समितिले बताएका छन् ।

प्रकाशित मिति : ११ चैत्र २०७९, शनिबार  ६ : १३ बजे