किरात समाचार । प्रदेशको नाम ‘कोशी’ नामकरणको विरोधमा आन्दोलनकारी र प्रहरीबीच विराटनगरमा झडप भएको छ ।
प्रदेश न १ पुनः नामङकन संयुक्त संघर्ष समितिको विरोध प्रदर्शन नियन्त्रण गर्नका लागि प्रहरीले पानीको फोहोरा अश्रुग्यास र लाठीचार्ज गरेको थियो ।
विराटनगर स्थित होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तर्क्रियात्मक कार्यशालामा सहभागी प्रदेशसभा सदस्यहरुलाई दबाव दिन आएका प्रदर्शनकारी र प्रहरी बीच झडप भएको थियोे ।
झडपमा एन के दर्नाल धरान-५ सुनसरी, शिव आङ्देम्बे धरान-१६ सुनसरी, उदय नेम्बाङ माङ्सेबुङ-३ इलाम, ज्ञान प्रसाद राई धरान-११ सुनसरी, सुरज राई ग्रामथान-६ मोरङ, सरोज लिम्बू इटहरी, अशोक राई धरान, पदम लिम्बू इटहरी,विशाल राई धरान लगायत प्रदर्शनकारी घाइते समेत भएको छ ।
घाइतेहरुलाई विराटनगरको पारस हस्पिटलमा उपचार पश्चात धरानको बीपी प्रतिष्ठान घोपा क्याम्प रेफर गरिएको समेत जनाइएको छ ।
गत १७ फागुनमा प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा प्रदेशको खारेजीको माग गर्दै पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।