१ असार २०८२, आइतबार | Mon Jun 16 2025

पहिचानवादी सहिद लाजेहाङप्रति समर्पित गीत ‘किरात लिम्बुवान’ सार्वजनिक ( भिडियो सहित )



दमक । गायक संगम लिम्बू र गायीका कौशिला लिम्बूको आवाजमा लाजेहाङ लिम्बू प्रति समर्पित गीत ‘किरात लिम्बुवान’ सार्वजनिक गरिएको छ ।

गत चैत ५ गते कोशी प्रदेशको नाम खारेजी र पुनः नामाकरणको आन्दोलनमा प्रहरीको लाठीचार्जबाट गम्भीर घाईते भई उपचारको क्रममा चैत ९ गते मृत्यु भएका पदम लिम्बु ‘लाजेहाङ सुक्वाबा’लाई समर्पण गरिएको गीत ‘किरात लिम्बुवान’ सार्वजनिक गरिएको हो ।


पहिचानको आन्दोलन चर्किरहेको बेला सार्वजनिक गरिएको गीतको शव्द तथा संगीत संगम लिम्बूको रहेको छ ।

धनु ज्ञान्मीको संगीत संयोजनमा निर्मल सुब्बाको छायांकन तथा राजेन्द्र श्रेष्ठको सम्पादन रहेको भिडियो गायक संगम लिम्बूको अफिसियल युट्यूव च्यानलबाट सार्वजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस…

प्रकाशित मिति : १६ चैत्र २०७९, बिहिबार  १ : २४ बजे