इलाम । आजदेखि मुलुकभर ( एसईई ) परिक्षा सुरु भएको छ । परीक्षा बिहान आठ बजेदेखि सुरु भएको हो ।
यस वर्षको माध्यमिक शिक्षा परिक्षा एसईई परीक्षामा करिब ५ लाख परीक्षार्थी सहभागी भएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।
आजदेखि सुरु भएको परिक्षा चैत २९ गतेसम्म चल्नेछ । र, ७७ जिल्लामा २ हजार ३६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईईको परीक्षा दिँदैछन् ।


