३ माघ २०८१, बिहिबार | Thu Jan 16 2025

‘कोशी’ प्रदेश खारेजीको लागि पान्थरमा आन्दोलन समिति गठन



किरात समाचार । कोशी प्रदेश नाम खारेजीका लागि पान्थरको विभिन्न गाउँपालिकामा आन्दोलन समिति गठन गरिएको छ ।

आइतबार पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति फेदेन नगरपालिकामा इन्द्र फागोको अध्यक्षतामा १४ सदस्यीय समिति गठन गरिएको हो ।

समितिको उपाध्यक्षमा टिका केरुङ, पूर्ण तुम्बापो, सचिवमा बम बहादुर जवेगु, सह सचिवमा ललितमान नेम्बाङ, कोषाध्यक्षमा शोभा नेम्बाङ निर्वाचित भएका छन् ।

समितिको सदस्यमा चन्द्र नेम्बाङ, सन्तोष नेम्बाङ, याम बहादुर थाम्सुहाङ, घनेन्द्र थाम्सुहाङ, तेजबहादुर लोवा, पदम तुम्बापो, जय नारायण तुम्रोक, लाइन बहादुर माङपाङ लगायत रहेका छन् ।

तेजबहादुर लोवाको अध्यक्षतामा आयोजित भेलामा अभियान केन्द्रीय समितिका उप महासचिव नन्दकुमार नेम्बाङ, केन्द्रीय सचिव पृथीमान खालिङ, केन्द्रीय सदस्य तारावीर नेम्बाङ, केन्द्रीय सदस्य देउ बहादुर नेम्बाङ लगायतको उपस्थिती रहेको थियो ।

त्यसैगरी पान्थरकै फाल्गुनन्द गाउँपालिका स्तरीय अभियान समिति बलिराज नेम्बाङको अध्यक्षतामा १९ सदस्यीय गठन गरिएको छ ।

समितिको उपाध्यक्षमा लक्ष्मीबहादुर सेर्मा, कौशिला तुम्रोक नेम्बाङ, सचिवमा मनप्रसाद चेम्जोङ, सह सचिवमा लिलामाया फागो आङदेम्बे, तीर्थ बहादुर चेम्जोङ, कोषाध्यक्षमा धनसोरी नेम्बाङ चेलीफुङ रहेका छन् ।

समितिको सदस्यमा कविन्द्र लाओती, तेज बहादुर नेम्बाङ, चिरञ्जीवि आङदेम्बे, नन्दकुमार आङदेम्बे, लक्ष्मण कुरुम्बाङ, साल हाङ कुरुम्बाङ, मेघहाङ नेम्बाङ, शिवहाङ नेम्बाङ, हेमराज आङदेम्बे, कुबेर आङदेम्बे, मनप्रसाद आङदेम्बे, छविलाल कुरुम्बाङ लगायत रहेका छन् ।

प्रकाशित मिति : २० चैत्र २०७९, सोमबार  ६ : ४१ बजे