१२ असार २०८१, मंगलबार | Tue Jun 25 2024

पक्राउ परेका राईलाई रिहाई गर्न संघर्ष समितिको माग



इटहरी । किरात राई यायोक्खा इटहरी उपमहानगरपालिका वडा नम्बर १, १९ र २० का वडा सदस्य  दिपराज राई (दिप खिम्दुङ)लाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार उनलाई घरबाटै प्रहरीले पक्राउ गरेको हो । पक्राउ परेको राईलाई अविलम्ब रिहा गर्न प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समितिले चैत २१ गते प्रेस विज्ञप्ति जारी गरि रिहा गर्न माग गरेको छ ।

सङ्घर्ष समितिद्वारा जारी विज्ञप्तिमा भनिएको छ। `निर्दोष दिपराज राई (दिप खिम्दुङ)को विनाशर्त अविलम्ब रिहा नभएमा ‘प्रदेश नंं. १ पुनः नामाङ्कन संयुक्त सङ्घर्ष समिति’ सशक्त प्रतिरोधमा उत्रन बाध्य हुने र यसबाट उत्पन्न हुने सम्पूर्ण परिणामको जिम्मेवारी सरोकारवालाले लिनु पर्ने चेतावनी दिन चाहन्छौँ ।´

राईलाई इलाका प्रहरी कार्यालय इटहरी हुँदै जिल्ला प्रहरी कार्यालय इनरुवा लगी राखिएको वताइएको छ । पक्राउ परेपछि इलाका प्रहरी कार्यालय परिसरमा प्रहरी विरुद्ध नाराबाजी समेत गरिएको थियो ।

प्रकाशित मिति : २२ चैत्र २०७९, बुधबार  २ : ५० बजे