५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

सरकारद्वारा लाजेहाङलाई सहिद घोषणा



किरात समाचार । कोशी प्रदेश नाम खारेजीको आन्दोलनका क्रममा निधन भएका पदम लिम्बु ( लाजेहाङ ) लाई सरकारले सहिद घोषणा गरेको छ ।

उनलाई शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यलयमा बसेको मन्त्रिपरिषद्को बैठकले पदम लिम्बुलाई सहिद घोषणा गर्ने सरकारले निर्णय गरेको हो ।

संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च सम्बद्ध लिम्बूवान भोलेन्टियरका केन्द्रीय सह–कमान्डर समेत रहेका लाजेहाङ लिम्बुवान आन्दोलन सुरुवात देखि सक्रिय राजनीतिमा होमिएका थिए ।

प्रदेश १. पुनः नामाङकन संयुक्त संघर्ष समितिले कोशी प्रदेश नाम खारेजीको माग गर्दै गत चैत ५ गते प्रदेश राजधानी बिराटनगरमा गरेको विशाल जनप्रदर्शमा प्रहरीको लाठी प्रहारबाट गम्भीर घाइते भइ धरानको बिपी स्वास्थ्य प्रतिष्ठान घोपा क्याम्पमा उपचारको क्रममा गएको चैत १० गते  पदम लिम्बु (लाजेहाङ) को निधन भएको थियोे ।

सरकारकी प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले दिएको जानकारी अनुसार मृतक ४२ वर्षीय लिम्बूलाई सहिदघोषणा  मृतकका परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउने निर्णय मन्त्रिपरिषद्ले गरेको  

कोशी प्रदेश नामाकरण खारेजीको माग गर्दै सहिद पदम लिम्बु (लाजेहाङ ) लाई सहिद घोषणा गर्नुपर्ने मागसहित प्रदेश न.१ पुनः नामाङकन संघर्ष समितिले निरन्तर  आन्दोलन गर्दै आइरहेको छ

प्रकाशित मिति : २४ चैत्र २०७९, शुक्रबार  ८ : २२ बजे