१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

खोटाङमा प्रदेश सांसद पाचकर्ण राइलाई कालो मोसो दलियो



खोटाङ । खोटाङको क्षेत्र नम्बर १ ‘क’ बाट निर्वाचित एमालेका प्रदेश सांसद पाच कण राई (पिके)लाई कालो मोसो दलिएको छ ।

कोशी प्रदेश नामाङ्कन खारेज अभियानका आन्दोलनकारिहरुले  आइतबार जिल्ला समन्वय समिति खोटाङको ७ औं जिल्ला सभामा सहभागी हुनपुगेका सांसद राईलाई  सभा चलिरहेको अवस्थामा स्टेजमै गएर कालो झन्डा देखाउदै मोसो दलेका हुन्।

आन्दोलनकारीहरुले राईलाई  वंश गद्द्दार होशियार, कोशी प्रदेश खारेज गर, पहिचानको आधारमा १ नम्बर प्रदेशलाई पुनः नामाङ्कन गर भन्दै नाराबाजि समेत गरेका थिए ।

त्यस्तै सांसद राईलाई मोसो दलेको अभियोगमा जसपाका प्रदेश नेता नवीन राई, जसपा पुर्व के.स.सुर्य राई, जसपाकै जिल्ला अध्यक्ष पिके खम्बु, जिल्ला सचिव शुनिल राई, जिल्ला सदस्य धनिराम राई त्यस्तै जनजाति महासंघ खोटाङका अध्यक्ष फुर्वा शेर्पा, किरात राई यायोख्खा खोटाङ अध्यक्ष दिप्सन राई, जिल्ला सह-कोष अध्यक्ष डार्विन राई, यायोख्खा दिक्तेल नगरको पुर्व नगर उपाध्यक्ष सप्तमणी राईलाई प्रहरिले पक्राउ गरेको थियोे ।

पक्राउ परेका आन्दोलनकारीहरुलाई जिल्ला प्रहरी कार्यालयले दुई घन्टा पछि बिना सर्त रिहा गरिएको जनाइएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०७९, शनिबार  २ : ५९ बजे