५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

झापाको हल्दिबारी गाउँपालिकामा संयुक्त संघर्ष समिति गठन



दमक । प्रदेश न. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समिति हल्दिवारी गाउँ समन्वय समिति गठन भएको छ ।

नेपाल आदिवासी जनजाति महासंघ गाउँ परिषद हल्दिवारीको संयोजनमा सनिवार सम्पन्न भेलाले संघर्ष समिति गठन गरेको हो ।

महांसंघका अध्यक्ष अर्जन बोखिमको अधयक्षतामा सम्पन्न भेलाले पहिचानवादी नेता बुद्ध मावो लिम्बुको अध्यक्षतामा १७ सदस्यीय सचिवलय समेत गठन गरेको छ ।

जिल्ला समन्वय संयुक्त संघर्ष समिति झापाका सदस्य सचिव तथा किरात याक्थुङ् चुम्लुङ् झापाका अध्यक्ष सेसेहाङ् फियाक लिम्बू, संघर्ष समिति सह–संयोजक तथा किरात राई यायोख्खा झापाका अध्यक्ष गणेश राई, संघर्ष समिति सचिवलाय सदस्य तथा नेफिन झापा उपाध्यक्ष केवलराम राई, पहिचानवादी नेताद्वय ज्ञानु इम्बुङ्, समर राई लगायतका नेताहरुको विशेष उपस्थिति रहेको थियोे ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ६ : १४ बजे