१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

संघर्ष समितिले मुख्यमन्त्री कार्कीलाई बुझायो अल्टिमेटम पत्र



विराटनगर । कोशी प्रदेश नाम विरुद्ध आन्दोलन गर्दै आइरहेको प्रदेश नम्बर १ पुनः नामांकन संयुक्त संघर्ष समितिले मुख्यमन्त्री हिक्मतकुमार कार्की र सभामुख बाबुराम गौतमलाई आइतबार अल्टिमेटमको रुपमा ज्ञापनपत्र बुझाएको छ ।

ज्ञापनपत्रमा भनिएको छ’ ‘प्रदेश सभा तुरुन्त सुचारु गरेर कोशी नामलाई खारेज गरी जनक्रान्ति र आन्दोलनले स्थापित गरेका जनादेश र राजनीतिक एजेन्डाहरूलाई सम्बोधन गर्ने गरी प्रदेश नं. १ लाई ऐतिहासिक पृष्ठभूमिको आधारमा बहुपहिचानमा आधारित नामकरण गरियोस् भनी यो अल्टिमेटम पत्र बुझाउँदछौँ ।’

समितिले अल्टिमेटम पत्रलाई वेवास्ता गरिएमा विराटनगर कब्जा गर्नेलगायत गर्ने चेतवानी दिएको छ । पत्रमा भनिएको छ, ‘यदि यो अल्टिमेटम पत्रलाई बेवास्ता गरिएमा चाँडै सम्पूणर् प्रदेश नं. १ वासीहरूको विशाल जनसागरले विराटनगर कब्जा गर्ने र वार्डवार्डबाट जनविद्रोह र जनक्रान्ति अघि बढाउने आन्दोलन अघि बढ्ने चेतावनी दिन चाहन्छौँ ।;

पहिचानसहितको पुनः नामकरण तत्काल नगरिए जीवनमरणको आन्दोलनमा उत्रिने र त्यसको सम्पूणर् जिम्मेवारी कोशी प्रदेशको पक्षमा मतदान गर्ने सांसद, सभामुख, मुख्यमन्त्री र एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले लिनुपर्ने पत्रमा उल्लेख छ ।

प्रकाशित मिति : २६ चैत्र २०७९, आइतबार  ३ : ४३ बजे