५ बैशाख २०८३, शनिबार | Sat Apr 18 2026

मिक्लाजुङमा अभियान समिति गठन



किरात समाचार । पान्थरको मिक्लाजुङ गाउँपालिकामा पहिचान सहितको प्रदेश १ को पुनः नामाङकन अभियान समिति  गठन गरिएको छ ।

अभियान  समितिका उप महासचिव नन्दकुमार नेम्बाङको सहजीकरणमा पूर्ण विक्रम लाओतीको अध्यक्षतामा २१ सदस्यीय पालिका स्तरीय अभियान समिति गठन भएको हो।

सोमबार गठन गएिको अभियान समितिको उपाध्यक्षमा रनध्वोज कुरुम्बाङ, सचिवमा नरेश लाओती, सह सचिवमा टिका लाओती, कोषाध्यक्षमा टेकराज लाओती चयन भएका छन् ।

समितिको सदस्यमा चन्द्र प्रसाद राई, हर्क जंङ लाओती, हर्कप्रसाद राई, हरी चन्द्र आङदेम्बे, सन्तमान कुरुम्बाङ, बुद्धहाङ लाओती, पदमप्रसाद राई, सन्तकुमार लाओती, सेरबहादुर आङदेम्बे, पदमप्रसाद लाओती, हरीप्रसाद लावती, हर्कजङ लाओती, मोहन लाओती, पत्थरसिं राई, रामजित राई लगायत रहेका छन् ।

समितिको सल्लाहकारमा टिकाराम लाओती, दिल्लीबहादुर लाओती, देबिन्द्र आङदेम्बे चयन भएका छन् । यसरीनै नालीगेन थाङबेन मुक कप केन्द्रीय प्रमुख शंकर केरुङको उपस्थितीमा नालीगेन थाङबेन मुक कप मिक्लाजुङ पालिकामा राम लाओतीको संयोजकत्वमा गठन गरिएको छ ।

 

 

प्रकाशित मिति : २९ चैत्र २०७९, बुधबार  ३ : ४९ बजे