१० माघ २०८१, बिहिबार | Thu Jan 23 2025

इलाममा मल्टिमिडिया पत्रकारिता तालिम सम्पन्न



माङसेबुङ   । बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित नया बुलन्द डटकमको सातौ वार्षिक उत्सवको अवसरमा आयोजना गरेको मल्टिमिडिया पत्रकारिता तालिम समापन भएको छ ।

माङसेबुङ गाउँपालिका र फाकफोकथुम गाउँपालिकासँगको साझेदारीमा इलाम सदरमुकाममा संचालित मल्टिमिडिया पत्रकारिता तालिम शुक्रबार  समापन गरिएको हो ।

तालिमलाई अनलाइन खबरका सम्पादक वसन्त बस्नेत र नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राईले सहजीकरण गरेका थिए ।

कार्यक्रममा नेपाल पत्रकार महासंका केन्द्रीय सदस्य भीषण राई प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे, महासंघ इलामका अध्यक्ष विप्लव भट्टराईलगायतले बोलेका थिए ।

तालिममा जिल्लाका विभिन्न सञ्चारमाध्यममा कार्यरत २३ जना क्रियाशील पत्रकारहरुको सहभागिता रहेको थियो ।

पत्रकारिता पुरस्कार स्थापना र भित्तेपात्रो सार्वजनिक 

बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिद्वारा संचालित अनलाइन पत्रिका नयाँ बुलन्दको सातौं वार्षिक उत्सवको अवसरमा अनलाइन पत्रकारीता पुरस्कार स्थापना गरेको छ ।

इलाम जिल्लाका अनलाइन पत्रीकामा कार्यरत पत्रकारलाई प्रोत्साहन गर्ने उदेश्यले नयाँ बुलन्दको प्रत्येक वार्षिक उत्सव अवसरमा बर्सेनि एकजना पत्रकारलाई पुरस्कृत गर्ने गरि अनलाइन पत्रकारिता नगद १० हजार पुरस्कार स्थापना गरिएको सम्पादक राम योङहाङले बताए ।

यसैगरी नयाँ बुलन्दले वार्षिक उत्सवको अवसरमा वार्षिक भित्तेपात्रो (क्यालेण्डर) २०८० सार्वजनिक गरेको छ । सो भित्तेपात्रो नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य भिषण राई, प्रदेश अध्यक्ष लिलाबल्लव घिमिरे, इलाम अध्यक्ष विप्लव भट्टराई लगायत  उपस्थित संचारकर्मीहरुले संयुक्त रुपमा सार्वजनिक गरेको थियोे ।

प्रकाशित मिति : १ बैशाख २०८०, शुक्रबार  २ : २५ बजे