२२ मंसिर २०८१, शनिबार | Sun Dec 8 2024

पान्थरको लिम्बामा अभियान समिति गठन



मिक्लाजुङ । पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान समिति गठन भएको छ ।

पान्थरको मिक्लाजुङ ७ लिम्बामा बिर्ख बहादुर थलङको अध्यक्षतामा ८ सदस्यीय पहिचान सहितको प्रदेश नं. १ पुनः नामाङकन अभियान वडा समिति सोमबार  गठन गरेको छ ।

समितिको उपाध्यक्षमा पल कुमार माखिम, सचिवमा मानबहादुर माखिम, कोषाध्यक्ष रन बहादुर माखिम चयन भएका छन् । सदस्यहरुमा क्रमशः मोहनमाया कुरुम्बाङ लाओती, सोनिया माखिम, भुवनवीर माखिम, तुलसि माखिम रहेका छन।

यसैगरि नालिगेन थाङबेन मुक कप वडामा प्रमुख उपेन्द्र माखिम चयन भएका छन् । माखिमको संयोजकत्वमा ८ सदस्यीय समूह गठन भएको छ। यसमा उप प्रमुख सन्तकुमार माखिम, संचार प्रमुख ओम माखिम, सदस्यहरुमा के.बि माखिम, सुबास माखिम, ईवाहाङ माखिम, क्षितिज माखिम, डिगम थेगिम रहेका छन् । नालिगेन मुक कप पालिका उप प्रमुखमा दोस्तिहाङ माखिम र सदस्यमा यगबन्दु राईलाई सिफारिस गरेका छन ।

भेलामा पहिचान सहितको प्रदेश नं १ पुनः नामाङकन अभियान मिक्लाजङ गा पा अध्यक्ष पुर्ण बिक्रम लाओती, सल्लाहकार दिल्ली ब लाओती, नालिगेन थाङबेन मुक कप पालिका प्रमुख राम लाओती, आर्थिक प्रमुख दिलिप माखिम, संचार प्रमुख दुर्गाहाङ लाओती लगायत उपस्थिति रहेको थियो ।

मिक्लाजङ गाउँपालिकाको वडा नं ८ दुर्दिम्बामा ५ गते, ३ नं. वडा आरुबोटेमा ६ गते, ५ नं. वडा करुम्बामा ७ गते, ४ नं. वडा रबिमा ८ गते, १ र २ नं. वडा सराङडाडामा ९ गते अभियान वडा समिति गठन गर्ने तयारी गरिएको पालिका अध्यक्ष लाओतीले बताए ।

प्रकाशित मिति : ५ बैशाख २०८०, मंगलबार  १२ : ०६ बजे